मेगा बैंकले निजी विद्यालयहरुलाई एक करोडसम्म कर्जा दिने, शिक्षक र अभिभावकलाई समेत विशेष अफर

0
Shares

मेगा बैंकले प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयहरुलाई आकर्षक कर्जा सुविधा प्रदान गर्ने भएको छ ।

प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयलाई अत्यन्तै सस्तो ब्याजदरमा एक करोड रुपैंयासम्मको कर्जा सुविधा प्रदान गर्ने सम्झौता बैंकसंग भएको हो ।

सम्झौता अनुसार, प्याब्सन र एनप्याब्सनमा आबद्ध विद्यालय, शिक्षक र अभिभावकहरुले समेत बिभिन्न सुविधा पाउन सक्नेछन् ।

प्याब्सन वा एनप्याब्सनको सिफारिसपत्रका साथ आवश्यक कागजपत्र जुटाएको केही दिनमै विद्यालयहरुलाई एक करोड रुपैंयासम्मको कर्जा दिइने मेगा बैंकले जनाएको छ ।

यसका साथै सम्बद्ध विद्यालयमा कार्यरत शिक्षकहरुलाई पनि मेगा बैंकले प्रोफेशनल लोन (व्यावसायिक कर्जा) प्रदान गरिने सम्झौता भएको छ।

यसैगरी, अभिभावकहरुलाई पनि विशेष बचत खाता सुविधा प्रदान गरिने मेगा बैंकले जनाएको छ । कोभिड–१९ को समस्यासँग जुधिरहेका निजी विद्यालयलाई पूर्ववत रुपमा संचालन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले मेगा बैंकले यो विशेष अफर ल्याएको हो ।

विद्यालय संचालक, शिक्षक र अभिभावकलाई समेत लाभ पुग्ने भएकाले यो सुविधाले अहिलेको विषय परिस्थतिमा निजी विद्यालयलाई राहत पुग्ने मेगा बैंकको विश्वास छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।