ग्लोबल आइएमई बैंकद्वारा ट्राफिकलाई ट्राफिक पोल हस्तान्तरण

0
Shares


ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले उपत्यका भित्रका सडकहरुमा ट्राफिक जनचेतनाका लागि उपयोगी हुने ट्राफिक पोलहरु हस्तान्तरण गरेको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक प्रहरीलाई उक्त पोलहरु हस्तान्तरण गरेको हो ।

बैंकले यसअघि पनि मिति २०७७ बैशाख ३१ मा ग्लोबल आइएमई बैंकले ट्राफिक जनचेतनाकम निम्ति ट्राफिक पोलहरु हस्तान्तरण गरेको थियो ।

बैंकले प्रदान गरेको ट्राफिक पोलहरुले जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पु¥याउने र ट्राफिक जाम तथा दुर्घटना न्यूनीकरण गर्न सहयोग पु¥याउने बताउदैं यस्तो समाजोपयोगी कार्यमा सहयोग पु¥याएकोमा महानगरीय ट्राफिक महाशाखाले बैंकलाई धन्यवाद दिएको छ ।

बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।