लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त


काठमाडौँ । लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई नियुक्त भएका छन् ।

असोज २७ गते बसेको बैंक सञ्चालक समितिको ३३०औँ बैठकले भट्टराईलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंक सञ्चालक समितिको बैठकले भट्टराईलाई आगामी कात्तिक १५ देखि लागू हुने गरी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

भट्टराई सोही बैंकका सिनियर डीसीईओ तथा चिफ क्रेडिट अफिसरको रूपमा कार्यरत थिए।

प्रकाशित मिति: २८ आश्विन २०८३, बुधबार  १४ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।