बैंक तथा वित्तीय संस्थाको सेवा ‘ई–कमर्श’ लाई प्रवद्र्धन गर्ने हुनुपर्छ : गभर्नर अधिकारी

0
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने वित्तीय सेवामा सूचना प्रविधिको अधिकतम उपयोग गर्नुपर्ने बताएका छन् ।

गभर्नर अधिकारीले मंगलबार बैंक वित्तीय संस्थाका अध्यक्षहरुसंग छलफल गर्दै अब ई–कमर्शलाई प्रवद्र्धन गर्ने किसिमको सेवातर्फ बैंकहरु केन्द्रित हुनुपर्ने बताएका हुन्।।

मंगलबार नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७७ मा उल्लेखित नीतिगत व्यवस्था र वित्तीय तथा बैंकिङ क्षेत्रको समसामयिक विषयमा बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्षहरुसँग छलफल गरेको थियो ।

सो कार्याक्रममा गभर्नर अधिकारीले कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई गतिशील बनाउने गरी मौद्रिक नीति जारी गरेको बताए ।

मौद्रिक नीतिको कार्यान्वयनमा सहयोग पु¥याउन बैंक तथा वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्षहरुलाई अधिकारीले आग्रह समेत गरेका छन् ।

कोरोना भाइरसको असरसँगै निम्तिएको असहज परिस्थितिमा अर्थतन्त्र र वित्तीय प्रणालीको सम्बद्र्धनमा टेवा पुग्नेगरी वित्तीय सेवा प्रदान गर्नु अहिलेको आवश्यकता रहेको उनको तर्क छ । अहिलेको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरु नाफामुखी हुन नहुने भन्दै उनले आफ्नो व्यवसायलाई टिकाउनेतर्फ केन्द्रित भइदिन समेत आग्रह गरेका थिए ।

वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको अवस्थामा अनुत्पादक क्षेत्रततर्फ कर्जा प्रवाह हुनसक्ने भएकाले सजग रहन अधिकारीले बैंकका अध्यक्षहरुलाई सचेत गराए । राष्ट्र बैंकले मर्जर/प्राप्तिमा नीतिगत सहुलियत दिएको उल्लेख गर्दै गभर्नर अधिकारीले मर्जर/प्राप्तिको सम्बन्धमा आपसमा निर्णय गरेर निष्कर्षमा पुग्न बैंकका सञ्चालक समितिका अध्यक्षहरुलाई आग्रह गरे ।

कार्यक्रममा बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यान, नेपाल बैंक लिमिटेडका अध्यक्ष बासुदेव अधिकारी, हिमालयन बैंक लिमिटेडका अध्यक्ष तुलसीप्रसाद गौतम, मेगा बैंक लिमिटेडका अध्यक्ष भोजबहादुर शाह, लुम्बिनी विकास बैंकका अध्यक्ष दशरथ रिजाल, महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय, नेपाल फाइनान्स लिमिटेडका अध्यक्ष हिरेन्द्रमान प्रधान, रिलायन्स फाइनान्स लिमिटेडका अध्यक्ष कुशकुमार माली लगायतको उपस्थिति रहेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।