एनएमबि लघुवित्तले मर्जरका लागि जोडी खोज्न गठन गर्यो समिति

0
Shares

एनएमबि लघुवित्तले उपयुक्त संस्थासँग मर्जरमा जानका लागि मर्जर समिति गठन गरेको छ ।

बिहिबार बसेको कम्पनी संचालक समितिको बैठकले संचालक रोमणी प्रसाद पाठकको संयोजकत्वमा ३ सदस्यीय मर्जर तथा प्राप्ति समिति गठन गरेको हो ।

समितिका सदस्यमा जितेन्द्र बाहेति र सबिता सापकोटा सदस्य रहेका छन । सापकोटालाई समितिको सदस्य सचिवको जिम्मेवारी दिइएको लघुवित्तले जनाएको छ ।

मर्जर समितिलाई एनएमबि लघुवित्तसँग मर्जर तथा प्राप्ति गर्नको लागि उपयुक्त संस्थाको खोजि गर्ने, त्यसको अध्ययन गर्ने, र मर्ज तथा प्राप्तिको कार्य सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ ।

लघुवित्तले गत आर्थिक वर्ष २०७६/०७७ को चौथो त्रैमाससम्ममा ७ करोड ५५ लाख ९८ हजार रुपैंया खुद नाफा गरेको छ । जसको प्रतिशेयर आम्दानी १६ रुपैंया ६७ पैसा कायम छ ।

४५ करोड ३६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा २७ करोड ३९ लाख ९ हजार रुपैयाँ सञ्चित छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १६० रुपैंया ३८ पैसा छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।