डिजिटल वालेट मार्फत हुने राजश्व भुक्तानीमा पुस मसान्तसम्म शुल्क नलिन राष्ट्र बैंकको निर्देशन

0
Shares

नेपाल राष्ट्र बैंकले डिजिटल वालेट मार्फत हुने सबै प्रकारका राजश्व भुक्तानी कारोबारमा पुस मसान्तसमम शुल्क नलिन नेपाल सरकारको राजश्व व्यवस्थापन सूचना प्रणालीमा आबद्ध भुक्तानी सेवा प्रदायकलाई निर्देशन दिएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार निर्देशन जारी गर्दै डिजिटल वालेट मार्फत हुने सबै प्रकारका राजश्व भुक्तानी कारोबारमा पुस मसान्तसम्म शुल्क नलिन सबै सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको हो ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशन भुवन कडेलले वर्तमान कोभिड १९ को असहज अवस्थालाई दृष्टिगत गर्दै आगामी २०७७ पुस मसान्तसम्म केन्द्रीय बैंकले राष्ट्र बैंकबाट अनुमति प्राप्त सबै भुक्तानी सेवा प्रदायकलाई सबै कारोबार निशुल्क गर्न निर्देशन दिएको जानकारी दिए ।

यसअघि भुक्तानी सेवा प्रदायकहरुले सरकारलाई बुझाउने राजश्वअनुसार १ हजार रुपैयाँको कारोबार निःशुल्क तथा १ हजारभन्दा बढी रकमको भुक्तानीमा ५ देखि ३० रुपैयाँसम्म शुल्क लिँदै आएका थिए ।

जसअनुसार १ हजार रुपैयाँको कारोबार निःशुल्क, १ हजारदेखि ३ हजारसम्म ५ रुपैयाँ, ३ हजारदेखि १० हजारसम्म १० रुपैयाँ र १० हजार रुपैयाँभन्दा धेरै कारोबार गर्नेलाई ३० रुपैयाँसम्म सेवा शुल्क लिन राष्ट्र बैंकले अनुमति दिएको थियो ।

 

 

प्रकाशित मिति: २४ आश्विन २०७७, शनिबार  १५ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।