यस साताको शेयर बजार कस्तो रह्यो, कुन कम्पनीका लगानीकर्ताले कमाए ?

0
Shares

यस साता नेप्से सूचक १.१८ प्रतिशत अर्थात १८.५९ अंकले बढेर बन्द भएको छ ।

आइतबार १ हजार ५७१ दशमलव ०२ बिन्दुमा खुलेको नेप्से यस साताको अन्तिम कारोबार दिन बिहीबार १ हजार ५८९ दशमलव ६३ बिन्दुमा झरेको बन्द भएको छ ।

साताभरीमा नेप्से सूचकमा ३६ अंकको उतार चढाव देखा पर्यो । १ हजार ६१४ दशमलव ०४ उच्चतम बिन्दुमा पुगेको नेप्से यसै साता १ हजार ५७७ दशमलव ७७ बिन्दुसम्म झर्न पुग्यो ।

यो साता १९३ कम्पनीको ५ करोड ४४ लाख १८ हजार कित्ता शेयर १४ अर्ब ६४ करोड ७३ लाख रुपैयाँ बराबरमा खरीद बिक्री भएको छ । गत साता ११ अर्ब ४१ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएकोमा यस साता भने अघिल्लोे साताको तुलनामा कारोबार रकम २८.२७ प्रतिशतले बढेको हो । यो साता दैनिक औषतमा २ अर्ब ९२ करोडको शेयर कारोबार भयो । गत सात २ अर्ब २८ करोड रहेको थियो।

सातामा ८ उपसमूहका परिसूचक बढे, जलविद्युतमा उछाल-म्युचुअल फण्ड धेरै घट्यो

यस साता ८ उपसमूहको परिसूचक बढेको छ । कारोबारमा आएका १२ उपसमूहमध्ये ४ वटाको परिसूचक घटेको छ । जलविद्युत कम्पनीको सूचक सबैभन्दा धेरै साढे ८ प्रतिशतले बढेको छ भने म्युचुअल फण्डको सबैभन्दा धेरै करिब २ प्रतिशतले घटेको छ ।

यस साता जलविद्युतको सूचक ८.५४ प्रतिशत, वित्त ७.५२ प्रतिशत, विकास बैंक ५.७६ प्रतिशत, उत्पादन २.७१ प्रतिशत, होटल २.१४ प्रतिशत, व्यापार १.०७ प्रतिशत, अन्य १.३५ प्रतिशत, र बैंकिङ्ग परिसूचक ०.६५ प्रतिशतले बढेको छ ।

यता म्युचुअल फण्ड १.९२ प्रतिशत, निर्जीबन बीमा १.८२ प्रतिशत, जीबन बीमा ०.७१ प्रतिशत, लघुवित्त ०.६० प्रतिशतले ओरालो लागेको छ ।

सातामा शीर्ष शेयरमूल्य बढ्ने कम्पनी यस्ता छन्

यस साता रैराङ हाइड्रोपावर कम्पनीको शेयरमा लगानी गरेका लगानीकर्ताले भने मनग्य नाफा आर्जन गरेका छन्। कम्पनीको शेयरमूल्य ३८.१३ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा हाइड्रोपावरको शेयरमूल्य ६१ रुपैयाँले बढेर प्रतिकित्ता २२१ रुपैयाँमा कारोबार बन्द भएको छ ।

यसैगरी रिडी हाइड्रोपावरको २९.२५, बरुण हाइड्रोको २५.४८, नेपाल फाइनान्सको २५, समृद्धि फाइनान्सको २१.५४, छ्याङ्दी हाइड्रोको २१.३८, युनाइडेड मोदी हाइड्रोको २१.०९ प्रतिशतले शेयरमूल्य बढेको छ।

सातामा नेशनल हाइड्रोपावरको शेयरमा लगानी गरेका लगानीकर्ताले १८.२७, साञ्जेन जलविद्युत १७.९२ र अरुण भ्याली हाइड्रोको शेयरमा लगानी गरेका लगानीकर्ताले पनि १७.४७ प्रतिशतसम्मले नाफा आर्जन गरेका छन् ।

यी कम्पनीको लगानीकर्ताले गुमाए

यस साता सामूहिक लगानी कोषको इकाई एनएमबि हाइब्रिड फण्ड १ का इकाइधनीले सबैभन्दा धेरै ५.७० प्रतिशतका दरले गुमाएका छन् ।

सर्पोट माइक्रोफाइनान्सका शेयरधनीले ४.९७, सिटिजन्स म्युचुअल फण्ड १, एभरेष्ट बैंकको कन्भर्टिबेल प्रिफरेन्स शेयर, महिला सहयात्रा माइक्रोफाइनान्स, लुम्बिनी जनरल इन्स्योरेन्स, र नेपाल सेवा लघुवित्तका शेयरमा लगानी गरेका लगानीकर्ताले सातामा ४ प्रतिशत बढीले गुमाएका छन् ।
यसैगरी गुराँस लघुवित्त र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको शेयरमूल्य पनि यस साता ३ प्रतिशत धेरैले घटेको छ ।

अरुण काबेली पावरको शीर्ष कारोबार

यस साता अरुण काबेली पावर कारोबार रकमका आधारमा अग्र स्थानमा रहेको छ । कम्पनीको ५८ करोड ६४ लाख ३२ हजार रुपैयाँमा कारोबार भएको हो ।

शिवम् सिमेन्टस्को ५७ करोड ६६ लाख १९ हजार, नेपाल रि इन्स्योरेन्स कम्पनीको ५५ करोड २० लाख, अरुण भ्याली ४५ करोड ४१ लाख, हिमाल दोलखा हाइड्रोको ४३ करोड २ लाख, नेपाल बैंक ४२ करोड ४८ लाख, कुमारी बैंक ४० करोड ३ लाख, सानिमा माई हाइड्रो ३८ करोड ५ लाख, नेशनल हाइड्रोपावर ३५ करोड ५ लाख, र अपि पावर कम्पनीको ३३ करोड ७१ लाख रुपैयाँ धेरैको शेयर कारोबारमा आयो।

कारोबार भएको शेयर संख्याको आधारमा हिमाल दोलखा हाइड्रो, नेशनल हाइड्रोपावर, अरुण काबेली पावर, अरुण भ्याली हाइड्रोपावरको पनि उच्च संख्यामा शेयर कारोबार भएको छ । यी कम्पनीहरुको सातामा १८ लाख बढी कित्ता शेयर कारोबारमा आएको हो ।

कारोबार संख्याको आधारमा रिलायन्स लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै ११ हजार ५४७ वटा कारोबार भयो भने नेपाल रि इन्स्योरेन्स कम्पनी, हिमाल दोलखा, नेशनल हाइड्रोपावर र लिबटी, इनर्जीको पनि ५ हजार भन्दा बढी संख्यामा कारोबार भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ आश्विन २०७७, शनिबार  १६ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।