एकैदिन ५ हजार जनामा कोरोना संक्रमण पुष्टि, ५३ प्रतिशत उपत्यकामा

0
Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १९ हजार ३२० पीसीआर परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

उपत्यकामा मात्रै शनिबार एकैदिन २ हजार ६७२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा २ हजार १०० जना, ललितपुरमा ३६९ जना र भक्तपुरमा २०३ जनामा संक्रमण पुष्टि भएको हो । कूल संक्रमितमध्ये उपत्यकामा मात्रै ५३.३५ प्रतिशत संक्रमण पुष्टि भएको हो ।

यससँगै हालसम्म कोभिडबाट संक्रमित हुनेको संख्या १ लाख ५ हजार ६८४ जना पुगेको छ । जसमध्ये सक्रिय संक्रमित मात्रै ३० हजार ८१८ रहेको छ ।

देशभरका क्वारेन्टिनमा ४ हजार ६८६ जना रहेका छन् भने होम आइसोलेसनमा १७ हजार १६४ जना र संस्थागत आइसोलेसनमा १३ हजार ६५४ जना छन् ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ । यो संख्यासँगै हालसम्म संक्रमबाट ६१४ जनाले ज्यान गुमाएका छन् ।

शनिबार १ हजार २२१ जनाले संक्रमण पराजित गरी डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । यससँगै कोरोना मुक्त भएर डिस्चार्ज हुनेको संख्या हालसम्म ७४ हजार २५२ जना पुगेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ आश्विन २०७७, शनिबार  १७ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।