सिटिजन्स बैंकको लाभांशमा हेरफेर

0
Shares

सिटिजन्स बैंक (CZBIL) को लाभांशमा हेरफेर भएको छ ।  बैंकले यसअघि घोषणा गरेको लाभांश प्रतिशत यथावत राखी बोनस शेयर र नगद लाभांशको अनुपातमा परिमार्जन गरेको हो ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बोनस र नगद लाभांशको दर मात्र परिमार्जन गरिएको बैंकले जनाएको छ ।

बैंक सञ्चालक समितिको कार्तिक १९ गते सम्पन्न बैठकले आर्थिक वर्ष २०७६/७७ मुनाफाबाट चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्नेगरी लाभांश परिमार्जन गरेको हो ।

यसअघि बैंकले ७.७० प्रतिशत बोनस शेयर र कर सहित ३.३० प्रतिशत नगद लाभांश गरी शेयरधनीलाई कुल ११ प्रतिशत लाभांश दिने घोषणा गरेको थियो।

प्रस्तावित लाभांश अनुपात नेपाल राष्ट्र बैंकले स्वीकृतिपछि र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ८ करोड ९८ लाख रहेको छ । बोनस पूँजीकरणपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड ६९ लाख रुपैयाँ पुग्नेछ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।