काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य २५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार सुन प्रतितोला २ लाख ८२ हजार ३०० र चाँदीको मूल्य ३ हजार ९७० रुपैयाँ कायम छ ।
सोमबार सुन प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य ३ हजार ९९५ रुपैयाँ कायम भएको थियो ।
नेपालमा अन्तराष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।








