सेञ्चुरी कमर्सियल बैंकको अनलाइन अकाउन्ट सेवा

0
Shares

सेञ्चुरी कमर्सियल बैंक (CCBL) ले सेञ्चुरी सहज खाता र सेञ्चुरी क्लिक अकाउन्ट भन्ने दुई प्रकारको अनलाइन अकाउन्ट सेवा सुरु गरेको छ। बैंकले डिजिटल बैंकिङलाई अझै सहज बनाउने प्रयासस्वरुप ग्राहकको सेवालाई ध्यानमा राख्दै उक्त सेवा सुरुवात गरेको जनाएको छ ।

कोरोना महामारीका कारणले गर्दा बैंकका सेवाग्राहीलाई पर्न गएको विभिन्न बैंकिङ समस्याको समाधान गर्दै डिजिटल बैंकिङलाई अझै सहज बनाउने प्रयासस्वरुप बैंकले यी अनलाइन अकाउन्ट सेवा सुरु गरेको जनाएको छ । अब ग्राहकले घरमै बसेर शून्य मौज्दातमा खोल्न सक्ने यी खाताहरुमा बैंकले वार्षिक ५.५० प्रतिशतको दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्नेछ।

बचत खातामा उच्चतम प्रतिफलका साथ खोल्न मिल्ने यी खाताहरु डिजिटल्ली खुल्ने र ग्राहकहरु बैंकमा उपस्थित हुन नपर्ने हुँदा डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै यी बचत खाताहरुमा प्रबद्र्धनका लागि बढी ब्याजदर दिइएको बैंकले जनाएको छ ।

सेञ्चुरी सहज खातामा नयाँ ग्राहकले खाता खोल्नुका साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गरी सेञ्चुरी पेमार्फत वालेटको कारोबारसमेत गर्न सकिनेछ। यस नयाँ सेवामार्फत ग्राहकले विभिन्न डिजिटल माध्यमबाट प्रतिदिन रु। ५ हजारबराबर क्यास लेस कारोबार गर्न सक्नेछन्।

यो खातामा वार्षिक १ लाख रुपैयाँसम्म कारोवार गर्न सकिन्छ । सेञ्चुरी क्लिक अकाउन्टमा नयाँ ग्राहकले अनलाइनबाटै खाता खोल्नुका साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गर्न सक्नेछन्। यो खातामा वार्षिक १५ लाखसम्म कारोबार समेत गर्न सकिनेछ। विशेष गरी विदेशमा रहेका नेपालीलाई लक्षित गरी बैंकले यो खाता सञ्चालनमा ल्याएको हो।

यी खाताहरु खोल्दा आवश्यक भेरिफिकेसन कोड बैंकले आधिकारिक मोबाइलमा वा ई–मेलमा उपलब्ध गराउने र सहजै खाता खोल्न तथा सञ्चालन गर्न सकिनेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।