काठमाडौँ । साताको कारोबारको अन्तिम दिन सेयर बजार परिसुचकमा सामान्य अंकको सुधार आएको छ । शुक्रबार नेप्से २.६४ अंकले बढेर २६५५.२२ विन्दुमा पुगेको हो ।
आज कारोबारमा आएका ३३६ कम्पनीका १ करोड ७ लाख १३ हजार ८४२ कित्ता सेयरहरू ३३ हजार २१५ पटक किनबेच हुँदा ३ अर्ब ४६ करोड २० लाख ५९ हजार रुपैयाँको कारोबार भएको छ ।
बिहीबार नेप्से १२.९५ अंकले घट्दा कारोबार रकम २६५२.५८ विन्दुमा पुग्दा कारोबार रकम ४ अर्ब ७२ करोड २२ लाख ३६ हजार रुपैयाँको कारोबार भएको थियो ।
शुक्रबार अन्य समूह १६.८२ अंकले घट्दा अरु सबै उपसुचकमा सुधार आएको छ ।
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य १४.०८ प्रतिशतले बढेको बजारमा बेनी हाइड्रोपावरको सेयर मूल्य ५.७८ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य ३.४२ प्रतिशत, एनएमबी माइक्रो फाइनान्सको सेयर मूल्य ३.१९ प्रतिशतले र चिर्खवा हाइड्रोपावरको सेयर मूल्य ३.१८ प्रतिशतले बढेको छ ।
यता, घोराही सिमेन्टको सेयर मूल्य ६.४० प्रतिशतले घटेको छ । नेपाल रिइन्स्योरेन्सको सेयर मूल्य ३.७० प्रतिशत, कालिञ्चोक दर्शनको सेयर मूल्य २.७० प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा २१ करोड ६३ लाख ४८ हजार रुपैयाँ बराबरको कारोबार सहित घोराही सिमेन्ट शीर्षस्थानमा रहँदा कारोबार संख्याको आधारमा १ हजार ८९८ पटकको किनबेच सहित बेनी हाइड्रपावर शीर्षस्थानमा रहेको छ ।






