इन्भेष्टमेन्ट बैंकलाई सिटी एक्सप्रेस फाइनान्स प्राप्ती गर्न अन्तिम स्वीकृति प्रदान

0
Shares

नेपाल इन्भेष्टमेन्ट बैंक (NIB) ले सिटी एक्सप्रेस फाइनान्स लिमिटेडलाई प्राप्ती गर्न अन्तिम स्वीकृति पाएको छ । नियामक निकाय नेपाल राष्ट्र बैंकले प्रदान गरेको छ ।

बैंकलाई फाइनान्सको १०० कित्ता शेयर बराबर ३० कित्ता शेयर प्रदान गर्ने (१००ः३०) शेयर स्वाप अनुपातमा गाभ्न स्वीकृति दिएको हो ।

केन्द्रीय बैंकको मंसिर ७ गते, आइतबार सम्पन्न बैठकले सञ्चालक समिति बैठकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न अन्तिम स्वीकृति प्रदान गरेको हो।

दुवै संस्थाको गत असोज २८ गते, बुधबार सम्पन्न विशेष साधारण सभाबाट एक आपसमा गाभ्ने।गाभिने प्रस्ताव पारित गरेका थिए ।

सिटी एक्सप्रेस फाइनान्सलाई गाभेपछि इन्भेष्टमेन्ट बैंकको चुक्ता पूँजी १४ अर्ब ३७ करोड रुपैयाँ पुग्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।