गरिमा विकास बैंक १४औं वर्षमा प्रवेश, उत्कृष्ट वित्तीय सेवा प्रदान गर्दै जाने प्रतिबद्धता

0
Shares

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक आजबाट १४ औं वर्षमा प्रवेश गरेको छ ।

आजभन्दा १४ वर्षअघि स्याङजाको वालिङमा प्रधान कार्यालय स्थापना गरि वित्तीय कारोबार शुरु गरेको यो बैंकले पोखरा हुँदै हाल काठमाडौंलाई केन्द्र बनाउँदै देशभर आफ्नो शाखा संजाल विस्तार गरि वित्तीय सेवा प्रदान गर्दै आएको बताइएको छ ।

देशका सबै प्रदेश सहित बजारदेखि गाउँसम्म १०५ शाखा मार्फत बैंकले आधुनिक वित्तीय सेवा प्रदान गरिरहेको बंैकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।

चौधौं वार्षिकोत्सवका अवसरमा बैंकले आफ्ना ग्राहकवर्ग, नियमनकारी निकाय तथा शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझै उत्कृष्ट वित्तीय सेवा प्रदान गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

बैंकले ग्राहकलाई बचतमा उच्चतम ब्याजदर प्रदान गर्दै आएको छ भने सहुलियत दरमा विभिन्न शिर्षकमा कर्जा सुविधा समेत प्रदान गरिरहेको प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले बताए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।