काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै असार २५ बुधबार पनि बाढीबारे सतर्कता सूचना जारी गरेको छ ।
महाशाखाले जारी गरेको बुलेटिनअनुसार आगामी ३ दिन सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, रौतहट, बारा, पर्सा, दोलखा, रसुवा, नुवाकोट, धादिङ, कास्की, तनहुँ, स्याङ्जा, बागलुङ, पर्वत, गुल्मी, प्यूठान, अर्घाखाँची, रुपन्देही र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने उच्च सम्भावना छ ।
साथै दार्चुला, बैतडी, डोटी, अटाम, कञ्चनपुर, कैलाली, डडेल्धुरा, बझाङ, बाजुरा, सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, रोल्पा, दाङ, कपिलवस्तु, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, चितवन, गोरखा, लमजुङ, सोलुखुम्बु, संखुवासभा, रामेछाप, खोटाङ, पाँचथर, इलाम र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाव पनि उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको छ ।
नदीका हिसाबले नारायणी जलाधार क्षेत्रका नारायणी, देवघाट, त्रिशुली, बेत्रावती, बुढीगण्डकी, आरुघाट, मस्र्याङ्दी, विमलनगर, सेती, दमौली, कालीगण्डकी, कुमालगाउँ नदीमा जलसतह मध्यम जोखिम रहेको सम्भावना रहेकाले ती नदीका तटीय क्षेत्रमा सतर्कता अपनाउन आवश्यक रहेको बाढी महाशाखाले जनाएको छ।










प्रतिक्रिया