काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो ।
बिहीबार सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यता, बिहीबार चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेर प्रतितोला ३ हजार ९३० रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला ३ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३८.१८ अमेरिकी डलर र चाँदी ५३.२४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।








