काठमाडौँ । अब कृषि संरचनालाई धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट सहज कर्जा लिन सकिने भएको छ । राष्ट्र बैंकले श्क्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको मौद्रिकमा बैंकले कृषि संरचनालाई आफै मूल्यांकन गरी १० लाख सम्म कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरेको जनाएको हो ।
बैंक तथा वित्तीय संस्थाहरुले खाद्यान्न, बाली, पशुपंछी, माछापालन, कुखुरा फर्म लगायत कृषि व्यवसायको लागि यस्तो कर्जा प्रवाह गर्छन् । अहिले यस्ता संरचनालाई धितो मूल्यांकनका लागि बाह मूल्याङ्कनकर्ताको राय आवश्यक पथ्र्याे । जसले कर्जा प्रक्रिया ढिलो हुने र किसानमाथि आर्थिक बोझ समेत थपेको गुनासो आउने गरेको थियो ।
अब बैंक स्वयंमले मूल्यांकन गरी छिटो र सहज तरिकाले कर्जा उपलब्ध गराउन सक्नेछन् । राष्ट्र बैंकका गभरर्नर विश्र पौडेलले यो व्यावस्थाले साना तथा मध्यम किसान, उद्यमी र कृषि व्यवसायीलाई औपचारिक वित्तीय पहुँच ल्याउने बताए । कृषि क्षेत्रमा लगानी बढाउन र उत्पादनशीलता अभिवृद्धि गर्न सहज कर्जाको पहुँच अनिवार्य रहेको उनको भनाई छ ।










प्रतिक्रिया