काठमाडौँ । आगामी असार ३२ गते काठमाडौँ महानगरपालिकाकाले आर्थिक वर्ष २०८२/८३ को बजेट पारित गर्ने भएको छ । आगामी असार ३२ गतेका लागि नगर सभा बैठक आह्वान भएको छ ।
चालु आर्थिक वर्षको ०८१ ०८२ को प्रगाति समीक्षा र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक–२०८२ र विनियोजन विधेयक २०८२ उपर छलफल र पारित गर्नका लागि सो बैठक आह्वान गरिएको हो ।
आइतबार बसेको १७ औं नगरसभाको पहिलो बैठकमा मेयर बालेन्द्र शाह (बालेन) ले असार ३२ गते दिउँसो २ बजे बस्नेगरी बैठक आह्वान गरेका हुन्।
महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ ।
२५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुनेगरी सो रकमको अनुमानित बजेट सार्वजनिक गरिएको छ ।
बजेट ल्याउनुअघि मेयर बालेन्द्र शाह (बालेन) ले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने उपप्रमुख सुनिता डंगोलले बजेट सार्वजनिक गरेकी हुन् ।










प्रतिक्रिया