सुनचाँदीको मूल्य वृद्धि, चाँदीमा नयाँ रेकर्ड


काठमाडौँ । कारोबारको दोस्रो दिन (सोमबार) नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सोमबार सुन तोलामा ४०० रुपैयाँले बढेको हो भने चाँदी तोलामा ३० रुपैयाँले बढेसँगै नयाँ रेकर्ड कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला १ लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदी प्रतितोला २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको उक्त मूल्य हालसम्मकै उच्च भई नयाँ रेकर्ड कायम गरेको हो । आइतबार चाँदी प्रतितोला २ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३५३.५९ अमेरिकी डलर र चाँदी ३८.८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ३० असार २०८२, सोमबार  १० : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।