सुन किन्दै हुनुहुन्छ ? यस्तो छ मंगलबारको भाउ


काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार सुनको भाउ स्थिर रहेको छ । मंगलबार चाँदीको भाउमा भने गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको उक्त मूल्य सोमबार कायम भएको मूल्यलाई निरन्तरता दिइएको हो ।

त्यसैगरी, मंगलबार चाँदी तोलामा ४० रुपैयाँले घटेर २ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला २ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३५६ अमेरिकी डलर र चाँदी ३८.७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार  १० : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।