महासंघमा महादंगल: वस्तुगत उपाध्यक्षमा प्रधान समुहबाट अन्जन श्रेष्ठ विजयी

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभाबाट वस्तुगत तर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्वाचित भएका छन्।

किशोर प्रधान समुहबाट अन्जन श्रेष्ठले चन्द्र ढकाल समुहका उमेशलाल प्रधानलाई पराजित गर्दै वस्तुगत तर्फ उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

१०१ मत खसेकोमा विजयी भएका अन्जन श्रेष्ठले श्रेष्ठले ६२ मत ल्याए । पराजित भएका उमेशलाल श्रेष्ठले ३७ मत ल्याए ।

लक्ष्मी समूहका कार्यकारी निर्देशक श्रेष्ठले झण्डै डेढ दशकदेखि महासंघको विभिन्न कार्यसमितिमा रहेर काम गरेका छन् । यसअघि उनी उद्योग समितिको सभापति, राजस्व समितिको सहसभापति र रोजगारदाता परिषद्को सदस्य भएर महासंघमा योगदान समेत गरेका थिए ।

पोखरामा उदाएको लक्ष्मी समूहले २०६० सालमा सुजल डेरी सञ्चालनमा ल्याएको थियो । क्षेत्रमा प्रवेश गरेको हो । यस्तै लक्ष्मी समूहले चकलेट उत्पादन थाल्यो। कोरियाको हुन्डाई मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेतासमेत रहेको छ । लक्ष्मी समूहले समृद्धि स्टील स्थापना गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १३ मंसिर २०७७, शनिबार  २२ : २३ बजे