नयाँ आर्थिक वर्षसँगै विभिन्न वस्तु तथा सेवामा नयाँ कर लागू, के–के भयो महँगो


काठमाडौँ । नयाँ आर्थिक वर्ष २०८२/८३ सुरु भएसँगै सरकारले आर्थिक ऐनमार्फत ल्याएका विभिन्न करसम्बन्धी नयाँ व्यवस्थाहरु लागु भएका छन् । केही करहरु बजेट भाषण भएकै दिन अर्थात जेठ १५ गते रातिदेखि नै लागू भएका थिए भने केही महत्वपुर्ण व्यवस्थाहरु साउन १ गतेबाट कार्यान्वयनमा आएका हुन् ।

यो वर्ष सबैभन्दा चर्चित र विवादित बनेको गरगहनामा लाग्ने विलासिता शुल्क साउन १ देखि लागु भएको छ । गत आर्थिक वर्षसम्म १० लाख रुपैयाँभन्दा बढीको गरगहना खरिदमा मात्रै लाग्दै आएको यो करको थे्रसहाहेल्ड यस वर्षदेखि हटाइएको छ । अब जुनसुकै मूल्यको गरगहना खरिद गर्दा पनि विलासिता शुल्क तिर्नुपर्छ ।

सरकारको यो निर्णयको सुनचाँदी व्यवसायीहरुले चर्को विरोध गर्दे आएका छन् । यसले सुनचाँदी बजारलाइ नकारात्मक असर पार्ने र आफ्नो व्यवसाय नै धरासायी हुने उनीहरुको तर्क छ । व्यवसायीहरुको निरन्तर विरोधपछि सरकारले ६ बुँदे सहमती गरेर अध्ययनको लागि कार्यदल गठन गरेको छ । कार्यदलको प्रतिवेदनका आधारमा भविष्यमा यसमा केहि हेरफेर हुने समभावना भएपनि हाललाई संसदबाट पारित भइसकेको हुनाले यो व्यवस्था लागु भएको हो

यसैगरि पाँचतारे होटलको सेवामा पहिलेदेखि लाग्दै आएको विलासिता शुल्कलाई भने यो वर्ष पनि निरन्तरता दिइएको छ । साथै, टेलिफोन स्वामित्व शुल्क, दुरसञ्चार सेवा दस्तुर, क्यासिनो रोयल्टी, विद्युतीय सेवा कर पनि आजदेखि लागु भएको छ ।

यसअघि बजेट सावेजनिक भएकै दिन जेठ १५ गते रातिदेखि नै केही वस्तु तथा सेवामा कर र शुल्क थपिएको थियो । जसअनुसार नेपालभित्रै उत्पादन वा पैठारी भएका वस्तु तथा सेवामा अन्तःशुल्क लगाइएको छ । त्यस्तै, सुर्तीजन्य पदार्थमा लाग्दै आएको स्वास्थ्य जोखिम करको दायरा बढाइएको छ । अब विद्युतीय चुरोटमा प्रति गोटा ३० रुपैयाँ र हुक्कामा प्रयोग हुने फ्लेभरमा प्रतिकिलो ६० रुपैयाँ कर थपिएको थियो ।

यसका साथै शिक्षा सेवा शुल्क, भन्सारलगायत महशुल , पूर्वाधार विकास कर, हरित कर, सडक निर्माण दस्तुर र प्रदुषण नियन्त्रण शुल्कजस्ता व्यवस्थाहरु पनि बजेट सार्वजनिक भएसँगै लागु भइसकेका छन् ।

नयाँ आर्थिक ऐनले विद्युतीय कारोबारमा लाग्दै आएको भ्याट भने हटाएको थियो । नसले विद्युतीय व्यापारलाई रााहत दिएको छ ।

प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार  १२ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।