डा पोखरेल ‘टेस्ला’ समूहको प्रमुख


काठमाडौँ । विश्वव्यापी रुपमा व्यावसायिक सञ्जाल रहेको ‘टेस्ला’ समूहको प्रमुखमा सर्लाहीका डा शम्भु पोखरेल नियुक्त भएको छन् ।

पूर्व सञ्चारकर्मीसमेत रहेका डा पोखरेल ‘सिइओ क्लब ग्लोबल’मा आबद्ध भई व्यवस्थापन क्षेत्रमा क्रियाशील छन् ।

डा पोखरेलले ऊर्जा तथा प्रविधि क्षेत्रमा विश्वव्यापी रुपमा प्रतिष्ठित कम्पनी ‘टेस्ला’ कम्पनीको प्रमुखको जिम्मेवारी नेपाली नागरिकले प्राप्त गर्नु हामी सबैका लागि गौरवको विषय भएको बताए । उनका अनुसार प्राग (चेक गणराज्य) मा अवस्थित टेस्ला समूह युरोपको पुराना तथा प्रतिष्ठित प्रविधिमा आधारित कम्पनीमध्ये एक हो । त्यस कम्पनीले ऊर्जा, अटोमेसन, इलेक्ट्रोनिक्स र औद्योगिक नवप्रवर्तनमा काम गर्दै आएको उनले जानकारी दिए ।

त्यसैगरी, उनी आबद्ध ‘सिइओ क्लब ग्लोबल’ व्यावसायिक हिसाबले अन्तरराष्ट्रिय रुपमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने संस्थाका रुपमा परिचित छ । डा पोखरेलका अनुसार उक्त कम्पनीले व्यावसायिक नेतृत्व, लगानी, रणनीतिक साझेदारी तथा सार्वजनिक सेयर निष्कासनमा सहजीकरण गर्दै उद्यम विकासमा योगदान पुर्याउँदै आएको छ ।

प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार  १७ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।