राजश्व अनुसन्धान विभाले झुट्टा तथा नक्कली मू.अ.कर विजक प्रयोग गरी राजस्व चुहावट गरेको कसुरमा ५ कम्पनीका संचालक, प्रोप्राईटर विरुद्ध ४१ करोड रुपैयाँ असुल उपर गरी जरिवाना र कैद सजाय समेत मागदावी गरी एकैदिन पाँच वटा मुद्धा दर्ता गरेको छ ।
विभागले बुधबार झुट्टा तथा नक्कली मू.अ.कर विजक प्रयोग गरी राजस्व छलि गर्ने उदयपुर जिल्ला त्रियुगा नगरपालिका १२ स्थित राउत ट्रेड कन्सर्नका प्रोप्राईटर कमल बहादुर राउत समेत २ जनाबाट ४ करोड १६ लाख ४६ हजार १६२ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदावी उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएको छ ।
यस्तै दोलाखा जिल्ला तामाकोशी गाउपालिका स्थित पि.आर. के. ट्रेड ईन्टरनेशनलका प्रोप्राईटर लहुमन माझीबाट पाँच करोड ५६ लाख ८ हजार ७३८ विगो असुल गरी जरिवाना र कैद मागदावी मुद्दा दर्ता गराएको हो ।
बारा जिल्ला परवानीपुर स्थित मिनजा इन्टरनेशनल प्रा.लि. का संचालक रामवावु साहानीबाट २ करोड १९ लाख १२ हजार ३९ विगो असुल गरी जरिवाना र कैद मागदावी मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।
यसैगरी विभागले पर्सा वेलवा गा.बि.स. ३ स्थित क्रेटा इन्टरप्राइजेजका प्रोप्राईटर नबिकरिम अन्सारी समेत ३ जनाबाट ८ करोड २४ लाख ६० हजार ७६५ विगो असुल गरी जरिवाना र कैद मागदावी लिई मुद्दा दर्ता गराएको छ ।
त्यस्तै, झुट्टा तथा नक्कली मू.अ.कर विजक प्रयोग गरी राजस्व छलि गर्ने धनुषा, रघुनाथपुर स्थित करदाता रमण कन्स्ट्रक्सन प्रा.लि. लाई २० करोड ८७ लाख ६४ हजार ६२९ विगो असुल गरी जरिवाना र कैद मागदावी लिई पाटनमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया