काठमाडौँ । इनड्राइभले बाढी र पहिरोबाट विस्थापित परिवारहरूका लागि तयार पारिएका दिगो प्रकृतिका नयाँ घरहरूको साँचो आधिकारिक रूपमा हस्तान्तरण गरेको छ । यस अन्तर्गत इनड्राइभले राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रसँगको सहकार्यमा निर्माण गरिएका ५ ओटा घरको साँचो सम्बन्धित परिवारहरूलाई औपचारिक रूपमा हस्तान्तरण गरेको हो ।
साथै, यस अभियानमा, प्रभावित भएका घरपरिवारहरूलाई अत्यावश्यक सामग्रीहरूको वितरण पनि गरिएको छ । नवनिर्मित घरहरू बाढी र पहिरो पीडितहरूको आवश्यकतालाई सम्बोधन गर्न स्थानीय समुदायसँगको परामर्शमा तयार गरिएको हो ।
बाँस र माटो प्रयोग गरेर निर्माण गरिएका घरहरूले दिगोपन र सांस्कृतिक प्रासंगिकता दुवैप्रति प्रतिबद्धता दर्शाउँछ । जसले परिवारहरूलाई स्थानीय परिस्थितिहरूको सामना गर्न डिजाइन गरिएको टिकाउ र वातावरणीयरूपमा उपयुक्त संरचनाहरू प्रदान गर्दछ ।












प्रतिक्रिया