एकैदिन तोलामा ८३ सयले घट्यो सुनको भाउ, चाँदीमा पनि उच्च गिरावट


काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले र चाँदी १७५ रुपैयाँले घटेको हो ।

आइतबार सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार चाँदी प्रतितोला ३ हजार ६५० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ८७५.५३ अमेरिकी डलर र चाँदी ४९.१२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १५ कार्तिक २०८३, आइतबार  १० : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।