काठमाडौँ । नेपालमा याडियाको एक मात्र आधिकारिक वितरक कुजु नेपाल प्रालिले देशको विद्युतीय सवारी साधन बजारमा नयाँ तरंग ल्याउँदैछ। याडियाको भेलक्स सिरिज ३ वटा अत्याधुनिक इलेक्ट्रिक स्कुटरहरूको आधिकारिक सार्वजनिक शुभारम्भ हुँदैछ । जुन शक्ति, प्रदर्शन र उद्देश्यका लागि निर्माण गरिएका छन्।
भेलक्स फास्ट चार्जिङ, अल्ट्रा प्रफमेन्स र हाइ प्रफमेन्स जस्ता प्रतीक्षित लाइनअपमा समावेश भएका छन् ।
जसलाई नाईमा अटो शो २०२५ मा पहिलो पटक सार्वजनिक रूपमा प्रस्तुत गरिनेछ। यसमार्फत नेपाली सवारी प्रयोगकर्ताहरूले नयाँ युगको शहरी मोबिलिटी अनुभव गर्नेछन्।
पूरा लाइनअपलाई याडियाको प्याभिलियनमार्फत नाइमा अटो शो २०२५ मा औपचारिक रूपमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ।












प्रतिक्रिया