किङ फुड्सद्वारा ‘मिठास टुकुचे १४०१’ उच्च गुणस्तरीय बासमती चामल सार्वजनिक


काठमाडौँ । नेपाली उपभोक्ताबीच १५ वर्षभन्दा बढी समयदेखि प्रिमियम गुणस्तरीय बासमती चामलको लागि विश्वासिलो बनिसकेको किङ फुड्स प्रालिले नयाँ मिठास टुकुचे १४०१ लामो दानाको बासमती चामलको औपचारिक घोषणा गरेको छ ।

उत्तरी भारतको हरियाणाबाट प्रत्यक्ष रूपमा आयात गरिएको यो १४०१ स्टिम बासमती चामल उत्कृष्ट वासना, लामो दाना र विशेष स्वादमा उपलब्ध छ । नेपाली परिकारहरूमा यसको स्वादले नयाँ उचाइ दिन्छ, जुन विशेष अवसरहरू तथा दैनिकी दुवैका लागि उपयुक्त छ ।

मिठास टुकुचे १४०१ अहिले देशभरका भाटभटेनी सुपरमार्केट स्टोरहरूमा १ केजी, ५ केजी र २० केजी मा उपलब्ध छ । साथै तपाईको नजिकको थोक बजारमा पनि पाइन्छ । निकट भविष्यमा मेट्रोमार्ट र बिगमार्ट मा पनि यो चामल उपलब्ध हुनेछ ।

किङ फुड्स प्रालिले ‘मिठास’ र ‘महारानी’ जस्ता लोकप्रिय बासमती ब्रान्डहरू वितरण गर्दै आएको छ र नेपाली बजारमा शुद्ध, भरपर्दो तथा गुणस्तरीय चामल आपूर्ति गर्दै आएको १५ वर्ष लामो यात्रामा आफ्नो विश्वास र गुणस्तर स्थापित गरिसकेको छ ।

प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार  ११ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।