नेप्सेमा ‘करेक्शन’ आउँदा जलविद्युतका शेयरमा लगानीकर्ताको आकर्षण

0
Shares

नेपाल स्टक एक्सचेञ्ज नेप्से सूचकमा मंगलबार सामान्य करेक्शन आउँदा जलविद्युत कम्पनीका शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

बजारले करेक्शनको बाटो लिदैं गर्दा लगानीकर्ता जलविद्युत कम्पनीका शेयरमा सिफ्ट भएका छन् ।

जसले गर्दा मंगलबारको बजारमा धेरै शेयर मूल्य अधिकांस कम्पनीमा जलविद्युतका कम्पनी देखा परेका छन् भने धेरै शेयर किनबेच हुने अधिकांस कम्पनीमा पनि जलविद्युत कम्पनीहरु परेका छन् ।

यसदिन कारोबारमा आएका १२ उपसमूहमध्ये जलविद्युत र म्युचुअल फण्डको सूचक मात्र बढेको छ । जलविद्युतको सूचक ४.८१ अंकले बढेको छ । म्युचल फण्ड सामान्य बढ्दा अन्य बाँकी सबै उपसमूहका सूचक राताम्मे रहे ।

मंगलबार नेप्से सूचक ९.०४ अंकले घटेर १ हजार ९५ दशमलव ३५ बिन्दुमा बन्द भएको छ। यसदिन २०२ कम्पनीको एक करोड २५ लाख ६६ हजार कित्ता शेयर ५ अर्ब ७१ करोड ९४ हजार रुपैयाँमा खरिद बिक्री भएको छ।

यसदिन धेरै शेयरमूल्य बढ्ने कम्पनीमा जलविद्युत कम्पनीहरु रहेका छन् । उच्चदरले मूल्य बढ्ने दश कम्पनीको सूचीमा ७ वटा जलविद्युत कम्पनीहरु नै रहेका छन् ।

TOP GAINERS 

Symbol LTP Point Change % Change
 
NABBC 363.00 33.00 10.00
UPPER 504.00 45.00 9.80
RHPL 314.00 28.00 9.79
SJCL 283.00 25.00 9.69
PRVUPO 140.00 10.00 7.69
AHPC 270.00 18.00 7.14
API 260.00 16.00 6.56
HURJA 220.00 8.00 3.77
SKBBL 1,757.00 62.00 3.66
HDHPC 144.00 5.00 3.60

कारोबार भएको शेयर संख्याको हिसाबले पनि जलविद्युत कम्पनीका शेयरहरु धेरै किनबेच भएका छन् । ग्लोबल आईएमई बैंकको संस्थापक शेयरपछि यसदिन अरुण भ्याली हाइड्रोको सबैभन्दा धेरै ३ लाख ९० हजार कित्ता शेयर किनबेच भएको छ । एचआईडिसिएल, अपर, रिडी, अपि लगायतको धेरै संख्यामा शेयर किनबेच भएको छ।

Symbol             Shares Traded            Closing Price
 
GBIMEP 854,873.00 151.00
AHPC 390,786.00 270.00
HIDCL 378,971.00 294.00
UPPER 318,212.00 504.00
NBL 313,233.00 400.00
SAEF 301,500.00 11.06
RHPL 299,172.00 314.00
API 280,753.00 260.00
NRIC 278,048.00 1,605.00
AKPL 275,890.00 273.00
View All

यसदिन सबैभन्दा धेरै नेपाल पुर्नरबीमा कम्पनीको ४५ करोड ८१ लाख बराबरको शेयर किनबेच भयो । नेपाल लाइफको ३० करोड, टेलिकमको २५, शिभ्म सिमेन्टको १६ करोड बराबरको कारोबार भएको बजारमा अपर तामाकोशीको १५ करोड तथा चिलमीमेको १४ करोड बढीको कारोबार भयो ।

यसदिन सबैभन्दा धेरै एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको मूल्य घट्यो । त्यस्तै युनिलिभर, विशाल बजार कम्पनी लगायतको शेयरमूल्य घटेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।