आयल निगमले डिजेल, पेट्रोल र मटितेलको मूल्य बढायो

0
Shares

नेपाल आयल निगमले डिजेल, पेट्रोल र मटितेलको मूल्य बढाएको छ ।

निगमले शनिबार राती १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मटितेलमा प्रतिलिटर दुई रुपैयाँले मूल्य बढाइएको हो ।

आयल निगमका प्रवक्ता बिनितमणि उपाध्ययले बढेको मूल्यपछि पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १०८ रुपैयाँ र डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर पुगेको जानकारी दिए ।

हवाई ईन्धन तथा एलपी ग्यासको मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन।

पछिल्लो पटक ईण्डियन आयल कर्पोरेशनबाट १ डिसेम्बरमा प्राप्त खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको निगमले जनाएको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ मंसिर २०७७, आइतबार  ०७ : ४७ बजे