सनराइज बैंकले डाक्यो साधारण सभा

0
Shares

सनराइज बैंक (SRBL) ले पुस २४ गते बैंकको १३ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । मंसिर २५ गते बिहीबार सम्पन्न बैंक सञ्चालक समितिको बैठकले आम्रपालि ब्यांकेट, बालुवाटार, काठमाडौंमा बिहान १० बजे साधारण सभा बोलाउने निर्णय गरेको हो ।

कोभिड १९ महामारीको कारण बैंकले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गरेर भर्चुअल माध्यमबाट सम्पनन गर्न लागेको हो ।

सभाले बैंक सञ्चालक समितिको मंसिर ७ गते सम्पन्न बैठकले आर्थिक वर्ष २०७६।७७ को नाफाबाट प्रस्ताव गरेको ५.८० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित २.४८ प्रतिशत नगद लाभांश गरी कुल ८.२८ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यसैगरी साधारण सभामा मर्जर तथा एक्वीजिशन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब सहितको वासलात विवरण र लेखापरीक्षक नियुक्ती तथा पारीश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु रहेका छन् ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस ७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश पाउनेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।