२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९७५ जनालाई कारबाही


काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९७५ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ४८, सिसिटिभिमार्फत ६१, रातोबत्तीमा ५१ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा १३०, हर्न निषेधमा २१, लेन क्रसमा ४७, अवस्था ठिक नभएको ५५, एकतर्फीमा १४ र अन्यमा ५४८ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ६ आश्विन २०८३, मंगलबार  ०९ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।