चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पूरा नभएको भन्दै सर्लाहीका उखु किसानले आइतबारदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिन थालेका छन् ।
उनीहरूले गत वर्षको पुस १८ गते भएको सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् ।
माइतिघर मण्डलाबाट निकास ननिस्किए सिंहदरबार र बालुवाटार घेराउसम्मको आन्दोलन गर्ने उनीहरुको चेतावनी छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया