अपि पावरको लिलामी शेयरमा आवेदन खुल्यो

0
Shares

अपि पावर कम्पनी लिमिटेड (API) को हकप्रदमा अवितरित १३ लाख ४६ हजार २१८ कित्ता शेयरमा लिलामी खुलेको छ ।

कम्पनीले सोमबारदेखि हकप्रदमा अवितरित सर्वसाधारण समूहतर्फको हकप्रद शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याएको हो । कम्पनीको शेयरमा न्यूनतम मूल्य प्रति शेयर १०० रुपैयाँ वा सो भन्दा बढी तोकेर शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

उक्त शेयर खरीद गर्न योग्य इच्छुक व्यक्ति, कम्पनी, संघ संस्थाहरुले पुस १३ गतेसम्म बैंकिङ्ग समय भित्र गोप्य शिलबन्दी पेश गर्न सक्ने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध सिद्धार्थ क्यापिटलले जनाएको छ ।

लिलामीको शेयरमा न्यूनतम १०० कित्ता वा सो भन्दा बढी १० ले भागजाने गरी वा सबै कित्ताका लागि आवेदन गर्न सकिनेछ ।

सिद्धार्थ क्यापिटल , नक्साल काठमाडौं तथा सिद्धार्थ बैंकका विराटनगर, वीरगञ्ज, जनकपुर, विर्तामोड, हेटौँडा, नारायणघाट, पोखरा, बुटवल, बाग्लुङ, घोराही, सुर्खेत, नेपालगञ्ज, महेन्द्रनगर तथा धनगढीका शाखा कार्यालयबाट आवेदन दिन सकिने बिक्री प्रबन्धकले जनाएको छ ।

कम्पनीले कार्तिक १४ गते शुक्रबारदेखि मंसिर ४ गतेसम्म चुक्ता पूँजी १ अर्ब १९ करोड ७ लाख बराबरको विद्यमान १ कित्ता साधारण शेयर बराबर ०.४७६१९ कित्ता अनुपातमा १०० रुपैयाँ अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । जसमध्ये ४३ लाख २३ हजार ७८२ कित्ता हकप्रद बाँडफाँड गरेको थियो । सो हकप्रदमा अवितरित शेयर लिलाम बढाबढमा बिक्री खुला गरिएको हो ।

कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा पुस ५ गते प्रतिकित्ता २३२ रुपैयाँमा कारोबार भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।