राष्ट्र बैंकले बिहीबारदेखि सुन–चाँदीका सिक्का बिक्री गर्ने


काठमाडौँ । राष्ट्र बैंकले बिहीबारदेखि सुन–चाँदीका सिक्का बिक्री गर्ने भएको छ ।

तिहारको धनतेरसलाई लक्षित गर्दैे राष्ट्र बैंकले यस वर्ष सुनका सिक्का (असर्फी) पनि बिक्री गर्न लागेको हो । अघिल्ला २ वर्ष चाँदीका सिक्का (मेडालियन) मात्र बिक्री गरेको थियो ।

दसैंअघि नै राष्ट्र बैंकले वाणिज्य बैंकहरूबाट ३५ किलो सुन खरिद गरेर असर्फी टकामरी गरिरहेको छ । नेपालमा वाणिज्य बैंकहरूले मात्रै सुन आयात गर्न पाउँछन् ।

सुनको असर्फीको लागि प्रतिसिक्का ६० देखि ७० हजार र चाँदीका सिक्का ४ हजार रूपैयाँभन्दा केही बढी मूल्य पर्नसक्ने राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंकले बिक्री गर्ने सुनको शुद्धता (हलमार्क) करिब ९९.९९ हुने बताइएको छ ।

प्रकाशित मिति: १८ कार्तिक २०८३, बुधबार  १० : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।