एनएमबि बैंकले घोषणा गर्यो १६.२० प्रतिशत लाभांश, कति दियो बोनस ?

0
Shares

एनएमबि बैंक (NMB) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १६.२० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

बैंक सञ्चालक समितिको पुस ५ गते आइतबार सम्पन्न बैठकले बैंकको हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर र करसहित ३.२० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हाल बैंकको चुक्ता पूँजी १४ अर्ब ४४ करोड ७७ लाख ५२ हजार ९६६ रुपैयाँ रुपैयाँ छ । बोनस शेयर जारी भएपछि बैंकको चुक्ता पूँजी एक अर्ब ८७ करोड ८२ लाखले बढ्नेछ ।

सञ्चालक समितिबाट प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।

अघिल्लो वर्ष बैंकले १४ प्रतिशत नगद र २१ प्रतिशतबोनस गरी कुल ३५ प्रतिशत लाभांस वितरण गरेको थियो ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ पुस २०७७, सोमबार  १० : २७ बजे