चार महिनाको शोधनान्तर स्थिती १ खर्ब १० अर्ब ६५ करोड बचतमा

0
Shares

चालु आर्थिक वर्षको कातिक महिनामा मात्र देशको शोधनान्तर स्थिती ९ अर्ब ५६ करोड रुपैयाँले बचतमा रहेको छ ।

चालु आर्थिक वर्षको तेस्रो महिना असोजमा १०१ अर्ब ९ करोड पुगेको शोधनान्तर स्थिती कात्तिकमा ११० अर्ब ६५ करोड बचतमा पुगेको हो।

चालु आर्थिक वर्षको सो अवधिमा बैदेशिक ब्यापारमा कमी आएसंगै शोधनान्तर बचत उच्च दरमा बढेको छ । कोरोना भाइरसका कारण आर्थिक गतिविधिमा आएको सुस्ततासंगै आयातमा कमी आउनु र रेमिटेयान्स आप्रबाहमा उच्च सुधार आएपछि शोधनान्तर बचत बढेको हो ।

चालु आर्थिक वर्षको कात्तिक महिनामा चालु खाता २० अर्ब ४६ करोडले बचतमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा चालु खाता ३४ अर्ब १२ करोड रुपौयँले घाटामा रहेको थियो । अमेरिकी डलरमा गत आवको असोजमा ३० करोड ८ लाखले घाटामा रहेको चालु खाता चालु आवको कात्तिकमा १७ करोड ८ लाखले बचतमा रहेको छ ।

चालु आर्थिक वर्षको कात्तिकसम्ममा पुँजीगत ट्रान्सफर ९.३ प्रतिशतले कमी आई ४ अर्ब १५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २३.९ प्रतिशतले कमी आई ३ अर्ब ७५ करोड रुपौयाँ कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ४ अर्ब ५७ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ९२ करोड रुपैयाँ रहेको थियो।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।