बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग


बाँके । भोटेकोशी बाढीपीडितका लागि बाँकेका निजी विद्यालय र अस्पतालले एक करोड २५ लाख रुपैयाँभन्दा बढी सहयोग गरेका छन् ।

निजी तथा आवासीय विद्यालय (प्याब्सन) बाँकेमा आबद्ध विद्यालयले ६५ लाख रुपैयाँ तथा निजी अस्पतालले ६० लाख ७८ हजार ५१३ रुपैयाँ सहयोग गरेका हुन् ।

प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यका अनुसारबाँकेका ७७ निजी तथा आवासीय विद्यालयबाट सङ्कलित रकममध्ये ५३ लाख ४१ हजार ४०६ रुपैयाँ तथा बाँकेका अस्पतालले ६० लाख ७८ हजार ५१३ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला हुनेगरी प्रदान गरेका छन् ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले २५ लाख रुपैयाँ, सञ्जीवनी कलेज अफ मेडिकल साइसेन्स प्रालि नेपालगञ्जले २५ लाख रुपैयाँ, फत्तेबाल आँखा अस्पतालले पाँच लाख ११ हजार रुपैयाँ, एचसीआरसी अस्पतालले २ लाख ५० हजार रुपैयाँ, न्यूरो अस्पतालले एक लाख १६ हजार ५१३ रुपैयाँ, सागर अस्पताल नेपालगञ्जले एक लाख एक हजार रुपैयाँ र लाइफ लाइन जनरल अस्पताल नेपालगञ्जले एक लाख रुपैयाँ सहयोग गरेका लाइफ लाइन जनरल अस्पतालका सञ्चालक डा। प्रतीक श्रेष्ठले राससलाई जानकारी दिए ।

प्रकाशित मिति: २७ भाद्र २०८३, शनिबार  ०९ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।