बैतडीका स्थानीय तह सबल बन्दै, ७१ लाख लागतमा वडा भवन निर्माण


बैतडी । डिलाशैनी गाउँपालिका ५नम्बर वडाकार्यालयले ७१ लाख रुपैयाँको लागतमा तिलाचौरमा एकतले भवन निर्माण गरेको छ ।

गाउँपालिकाका प्रवक्ता एवं वडाध्यक्ष यज्ञराज भट्टका अनुसार आफ्नै भवनबाट सेवा प्रवाह पनि प्रारम्भ भएको छ । उनले भने, “यसअघि भाडाको घरमा कार्यालय सञ्चालन गर्दा आर्थिक भारका साथै एउटै कोठामा सबै फाँट राख्नुपर्ने बाध्यता थियो । अब काम गर्न सहज भएको छ ।” सबै वडा कार्यालयका निम्ति भवन निर्माण गर्ने योजना रहेको उनले बताए ।

डिलाशैनीका वडा नम्बर १ र २ कार्यालय भवन निर्माण भइसकेको छन् । पालिकाको भवन निर्माणका लागि पनि १ करोड २२ लाख रुपैयाँ बजेट विनियोजन भएको उनले जानकारी दिए ।

नवनिर्मित वडा कार्यालय भवनबाट सेवा प्रवाह प्रारम्भ भए पनि यही भदौ १६ गते औपचारिक कार्यक्रमका साथ काम थालिने अध्यक्ष भट्टले बताए ।

प्रकाशित मिति: १३ भाद्र २०८२, शुक्रबार  १० : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।