नेपाल बैंकको अगुवाईमा १६० मेगावाटको लाप्चे खोलामा ९ संस्थाले १९ अर्ब ६५ करोड लगानी गर्ने

0
Shares

नेपालमा निजिक्षेत्रको लगानीबाट निर्माण हुन लागेको देशकै ठूलो १६० मेगावाटको लाप्चे खोला जलबिद्युत आयोजनाको लागी आबश्यक पर्ने बित्तिय श्रोत जुटेको छ।

उक्त आयोजनमा नेपाल बैंकको अगुवाईमा ९ वटा बैंक तथा बित्तिय संस्थाहरुको सहवित्तीयकरणद्वारा १९ अर्ब ६५ करोड भन्दा बढी लगानी गर्ने सम्झौता भएको हो ।

पुस ६ गते सोमबार लगानी सम्बन्धी सम्झौता ऋणिका तर्फबाट नाशा हाईड्रोपावर प्रा.लि.का अध्यक्ष मोतिलाल दुगड तथा बैंकहरुका तर्फबाट नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले आदनप्रदान गरेका हुन ।

प्रतिष्ठित ब्यापारिक घराना एम. भि. दुगड ग्रुपको मुख्य लगानी रहेको श्री नाशा हाईड्रोपावर प्रा.लि.ले प्रवद्र्धन गर्न लागेको उक्त जल बिद्युत आयोजना दोलखा जिल्लाको बिगु गाउँपालिका स्थित लाप्चे खोलामा निर्माण हुनेछ । उक्त आयोजनाको लागत अनुमान २६ अर्ब २० करोड छ ।

उक्त आयोजनामा नेपाल बैंकले ५ अर्ब, नेपाल ईन्भेष्टमेण्ट बैंकले ३ अर्ब ५० करोड, कर्मचारी संचयकोषले २ अर्ब, राष्ट्रिय बाणिज्य बैंकले २ अर्ब, हिमालयन बैंकले २ अर्ब, लक्ष्मी बैंकले १ अर्ब ८८ करोड २५ लाख, नेपाल एसबिआई बैंकले १ अर्ब, बैंक अफ काठमाण्डौले १ अर्ब तथा कृषि बिकास बैंकले १ अर्ब गरी जम्मा १९ अर्ब ६५ करोड २५ लाखको बित्तिय प्रबन्ध गरिएको हो ।

उक्त आयोजनाले २०७९ श्रावणसम्ममा ब्यापारिक उत्पादन सुुरु गर्ने लक्ष्य लिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।