प्रभु लाइफको आईपीओ बाँडफाँड आज, ५०% भन्दा कमले मात्रै पाउने

0
Shares

प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधरणमा निष्कासन गरेको प्राथमिक शेयर पुस १० गते शुक्रबार (आज) बाँडफाँड हुँदैछ । कम्पनीको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार क्यापिटलको कार्यालयमा बिहान ११ बजे शेयर बाँडफाँड हुनेछ ।

प्रभु लाइफको आईपीओ ५० प्रतिशत भन्दा कम आवेदकले मात्रै पाउने भएका छन् । कम्पनीको आईपीओमा उच्च आवेदन पर्दा आधाभन्दा बढी आवेदकको हात खाली हुने भएको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटका अनुसार कम्पनीको आईपीओमा १० लाख ८२ हजार १४१ आवेदन परेका छन् ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार प्रत्येक आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँड गर्नुपर्ने हुन्छ । यसअनुसार प्रभु लाइफको आईपीओ ५ लाख ४० हजार जनाले मात्र गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाउनेछन् । यो कुल आवेदकको ४९.९० प्रतिशत हुन आउँछ । कूल आवेदकमध्ये ५ लाख ४२ हजार १४१ जना आवेदको हात खाली हुनेछ । यो कुल आवेदकको ५०.१० प्रतिशत हुन आउँछ ।

कम्पनीले मंसिर २९ गते देखि पुस २ गतेसम्म कूल ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको थियो । सो मध्ये सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई ३/३ लाख कित्ता छ्ट्टाएर ५४ लाख कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।

कम्पनीको आईपीओमा सर्वसाधारणबाट माग भएको तुलनामा ५.४२ गुणा बढी कित्ताको आवेदन परेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटका अनुसार कम्पनीको आईपीओमा १० लाख ८२ हजार १४१ आवेदन परेका छन् । सो संख्याको आवेदनबाट २ अर्ब ९२ करोड ८७ लाख ७१ हजार रुपैयाँ बराबरको २ करोड ९२ लाख ८७ हजार ७१० कित्ता शेयरको आवेदन परेको छ ।

सम्बन्धीत समाचारहरुः-

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० पुस २०७७, शुक्रबार  ०९ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।