प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा बाँडफाँड गरेको प्राथमिक शेयरको नतिजा नोटबजारमा प्रकाशित भएको छ।
कम्पनीले ५ लाख ४० हजार आवेदकलाई १० कित्ताका दरले शेयर वितरण गरेको छ ।
कम्पनीको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार कम्पनीको आईपीओमा १० लाख ५१ हजार २१६ जनाले आवेदन गरेकोमा २ हजार १६९ आवेदन रद्ध भएका थिए । सदर आवेदन १० लाख ४९ हजार ४७ लाई गोलाप्रथाबाट उक्त शेयर वितरण गरिएकोमा ५ लाख ९ हजार ४७ जनाले कम्पनीको आईपीओ पाउन सकेनन् ।
कम्पनीले मंसिर २९ गते देखि पुस २ गतेसम्म कूल ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको थियो । सो मध्ये सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई ३र३ लाख कित्ता छ्ट्टाएर ५४ लाख कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।
आईपीओ बाँडफाँड भएपसँगै प्रभु लाइफको चुक्ता पूँजी दुई अर्ब पुगेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया