सि.जि. ब्रान्डले ल्यायो सबै मौसममा उपयुक्त हुने एसी

0
Shares

नेपालको सबैभन्दा ठुलो इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.ले सबै किसिमको मौसममा उपयुक्त हुने एसी बजारमा ल्याएको छ ।

जाडो र गर्मी दुबै मौसममा प्रयोग गर्न मिल्ने, कम विद्युत खपतका एसीहरु बजारमा ल्याएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सि.जी इन्भर्टरका एसीले जाडोमा ग्राहकहरुले न्यानो प्राप्त गर्नेछन भने विद्युतमा वचत पनि गर्नेछन ।

सीजीले हालै आफ्ना सबै ग्राहहरुका लागी ‘हर मौसममा बचत’ नामक योजना ल्याएको छ। जसको उदेश्य यो जाडो याममा जीवन सरल, सहज बनाउदै विद्युुतमा पनि वचत गराउनु हो।

सि.जी.का एसीहरुमा ५ वर्षको वारेण्टी पाउनुका साथै काठमाडौं क्षेत्र भित्रमा २४ घण्टा भित्रनै जडान गरिदिने व्यवस्था रहेको पनि कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार बजारमा तीन प्रकारका एसीहरु उपलब्ध रहेका छन्। जसमा इन्र्भटर वाल माउन्ट, स्प्लिट टाईप एसी, अन अफ वाल माउण्न स्प्लिट टाईप एसी र सिलिङ क्यासेट टाईप एसी रहेका छन् । यी एसीहरु ०.७५ टन देखि ३.० टन सम्म उपलब्ध रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।