सानिमा माई हाइड्रोपावरको लाभांश पाउन आजसम्म शेयरधनी बन्नुपर्ने

0
Shares

सानिमा माई हाइड्रोपावर कम्पनी (SHPC) ले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पाउन आज (पुस १२ गते) सम्म शेयरधनी बनिसक्नुपर्ने देखिएको छ ।

कम्पनीले पुस २३ गते आह्वान गरेको साधारण सभाका लागि भोलि अर्थात पुस १३ गते सोमबार बुकक्लोज गर्दैछ । यसअनुसार कम्पनीको १५ प्रतिशत लाभांश बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम रहने शेयरधनीले मात्र पाउने हुनाले लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ ।

कम्पनीको धितोपत्रको दोस्रो बजारमा पुस ९ गते बिहीबार ३४६ रुपैयाँमा शेयर कारोबार भएको छ ।

सभाले गत वर्षको नाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ ।

कम्पनीले पुस २५ गते अकामा होटेल काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट साधारण सभा बोलाएको छ । सभामा पुस १२ गते आइतबारसम्म कायम शेयरधनी मात्र प्रतिनिधित्व जनाउन पाउनेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ पुस २०७७, आइतबार  ११ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।