काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले जेन जी आन्दोलनका कारण बन्द रहेको यातायात सेवा तत्काल सुचारु गर्न आग्रह गरेको छ ।
महासंघले जेनजीका मागलाई शान्तिपूर्ण संवाद र सहकार्य मार्फत सम्बोधन गरी बन्द रहेको यातायात क्षेत्र पुनः सञ्चालनमा ल्याउन अपिल गरेको हो ।
महासंघले जारी गरी जेनजीले अघि सारेका राजनीतिक, सामाजिक र आर्थिक सुधारका मागलाई सरकार, सम्पूर्ण राजनीतिक दल र सरोकारवाला निकायले गम्भीरतापूर्वक लिई सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्।
महासंघले कठिन परिस्थितिमा नेपालका सुरक्षा निकाय र नागरिक समाजका अगुवाप्रति विश्वास व्यक्त गर्दै सहकार्यका माध्यमबाट मुलुकलाई शान्ति, समृद्धि र स्थायित्वतर्फ लैजान प्रतिबद्ध रहेको जनाएको छ ।
संविधानको रक्षा गर्दै सडक यातायात सुचारु गर्न र नागरिकको सहज आवागमन सुनिश्चित गर्न सबै पक्षलाई जिम्मेवार बन्न महासंघले आह्वान गरेको छ ।










प्रतिक्रिया