एक्सेल डेभलपमेन्ट बैंकको स्वामित्वमा रहेको तीन कम्पनीका शेयर लिलामीमा

0
Shares

एक्सेल डेभलपमेन्ट बैंक (EDBL) ले आफ्नो स्वामित्वमा रहेका तीन कम्पनीको संस्थापक शेयर लिलाम गर्ने भएको छ ।

बैंकले आरएमडिसी लघुवित्तको २२ हजार ३७० कित्ता, ग्रामीण विकास लघुवित्तको २६ हजार ३०० कित्ता र युनाइटेड इन्स्योरेन्स कम्पनीको ९६ हजार ६४९ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो ।

कम्पनीको शेयर बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आरएमडिसी लघुवित्तको ४८५, ग्रामीण विकास लघुवित्तको २६९ र युनाइटेड इन्स्योरेन्स कम्पनीको २४१ रुपैयाँ न्युनतम मूल्य तोकिएको छ ।

लिलामीको शेयर खरिद गर्न इच्छुक लागानीकर्ताले पुस १९ गतेदेखि माघ ४ गते भित्र गोप्य सिलबन्दी बोलपत्र पेश गर्नुपर्ने छ । बोलपत्र आवेदन फारम प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौ र एक्सेल डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालयबाट प्राप्त गर्न सकिन्छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ पुस २०७७, आइतबार  १२ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।