काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको भाउ घटेको छ । शुक्रबार उच्च मूल्य कायम भएको सुनको भाउ आइतबार तोलामा ७०० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख १५ हजार १०० रूपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला २ लाख १५ हजार ८०० रुपैयाँ कायम भएको थियो । जुन हाल सम्मकै उच्च मूल्य हो ।
यसैगरी, आइतबार चाँदीको मूल्य उच्च विन्दुमा पुगेको छ । आइतबार चाँदी तोलामा ५ रुपैयाँले बढेसँगै उच्च मूल्यमा कायम भएको हो ।
आइतबार चाँदी प्रतितोला २ हजार ५७० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला २ हजार ५६५ रुपैयाँ कायम भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ६४३.१ अमेरिकी डलर र चाँदी ४२.१९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।










प्रतिक्रिया