नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार स्थीर बनेको सुनचाँदी भाउ सोमबार एकैदिन ७०० रुपैयाँले वृद्धि भएको हो ।
पुस यता सामान्य उतार चढाव हुँदै आइरहेको सुनको भाउमा सोमबार भने उच्च बढोत्तरी देखिएको छ ।
महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ९०० रुपैयाँ , तेजावी ९४ हजार ४०० रुपैयाँ र चाँदी तोलाको १ हजार ३१५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य आइतबारको तुलनामा सोमबार प्रतितोला ३५ रुपैयाँले बढेको हो ।
आइतबार छापावाला सुन प्रतितोला ९४ हजार २०० रुपैयाँ , ताजावी ९३ हजार ७०० रुपैयाँ र चाँदी १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।
यस अघि पुस ७ गते मंगलबार सुनचाँदी दुबै आजकै भाउमा कारोबार भएको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया