बिहीबार ९ कम्पनीको बुकक्लोज हुँदै, ७ को लाभांश पाउन आजसम्म शेयरधनी बन्नुपर्ने

0
Shares

भोलि पुस १६ गते बिहीबार एकैदिन ९ कम्पनीले साधारण सभाका लागि शेयरधनी दर्ता खारेजी (बुकक्लोज) गर्ने भएका छन् ।

बिहीबार बुकक्लोज गर्ने ९ कम्पनीमध्ये ७ कम्पनीको लाभांश पाउनका लागि बुधबारसम्म नेप्सेमा शेयर कारोबार भई सम्बन्धीत कम्पनीको शेयर रजिष्ट्रारको शेयरधनी दर्ता किताबमा शेयरधनी बनिसक्नुपर्ने हुन्छ ।

९ मध्ये ७ कम्पनीले पुस २९ गतेका लागि साधारण सभा आह्वान गरेका छन् भने बरुण हाइड्रोपाावरले पुस २६ र साना किसान विकास लघुवित्तले पुस २८ गते साधारण सभा आह्वान गरेको छ ।

साधारण सभा आह्वान गर्नेमा कम्पनीहरुमा ३ वाणिज्य बैंक, २ विकास बैंक, १ लघुवित्त कम्पनी, १ फाइनान्स कम्पनी, १ जलविधुत कम्पनी र नेपाल पूनर्बीमा कम्पनी रहेका छन् ।  ९ कम्पनी मध्ये नेपाल पूनर्बीमा कम्पनी र प्रोग्रेशिभ फाइनान्सले भने गत आर्थिक वर्षको नाफाबाट कुनैपनि लाभांश प्रस्ताव गरेका छैनन् ।

आजसम्म शेयर खरीद गर्दा लाभांश पाइने यी हुन् ७ कम्पनी:-

  • नेपाल बैंक

नेपाल बैंक (NBL) ले गत आर्थिक वर्ष २०७६।७७ बाट लगानीकर्तालाई १२ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । १६ गते बिहीबार बुकक्लोज तोकेको बैंकको प्रस्तावित गरेको लाभांश पाउन आजसम्म शेयरधनी बनिसक्नुपर्ने हुन्छ ।

  • एनएमबि बैंक

एनएमबि बैंकको १३ प्रतिशत बोनस शेयर र ३ प्रतिश नगद लाभांश पाउनका लागि आजसम्म शेयरधनी बनिसक्नुपर्ने छ । यो बैंकको लाभांश पाउन पनि आजसम्म शेयरधनी बन्न आवश्यक हुन्छ । 

बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि पुस १६ देखि बुकक्लोज गर्न लागेकाले  लाभांश पाउन बुकक्लोजको अघिल्लो दिनसम्म शेयरधनी बन्न आवश्यक हुन्छ ।

  • सेञ्चुरी कमर्सियल बैंक

दुई आर्थिक वर्षको एकैपटक साधारण सभा बोलाएको सेञ्चुरी कमर्सियल बैंकको ७.५० प्रतिशत (५.२५ प्रतिशत बोनस शेयर र २.२५ प्रतिशत नगद) लाभांश पाउनका लागि आजसम्म शेयरधनी बनिसक्नुपर्ने छ ।

बैंकले अघिल्लो आव २०७५।७६ को साधारण सभाका लागि भने २०७६ फागुन ३० गते नै बुकक्लाोज गरेकाले एउटै साधारण सभाबाट लाभांश अनुमोदन भएपनि उक्त लाभांश भने सोही बेलाको बुकक्लोजको अघिल्लो दिनसम्म कायम शेयरधनीले मात्र पाउनेछन् ।

  • बरुण हाइड्रोपावर

बरुण हाइड्रोपावरले पनि बिहीबार साधारण सभाका लागि बुकक्लोज गर्दैछ । कम्पनीलले लगानीकर्तालाई ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ र उक्त लाभांश पाउनका लागि आजसम्म शेयरधनी बनिसक्नुपर्नेछ ।

  • साना किसान लघुवित्त

साना किसान लघुवित्त वित्तिय संस्थाको २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३२ प्रतिशत नगद लाभांश पाउनका लागि आजसम्म शेयरधनी बनिसक्नुपर्ने छ । लघुवित्तले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि पुस १६ देखि बुकक्लोज गर्न लागेकाले बुकक्लोज अघिल्लो दिनसम्म शेयरधनी बन्न आवश्यक हुन्छ ।

  • कामना सेवा विकास बैंक

यसैगरी कामना सेवा विकास बैकले लगानीकर्तालाई ४ दशमलव ४०९ प्रतिशत बोनस शेयर र ० दशमलव ३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । भोलि बुकक्लोज गर्न लागेको बैंकको लाभांश पाउनका लागि आजसम्म शेयरधनी बनिसक्नुपर्ने हुन्छ ।

  • शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको लाभांश पाउन पनि आजसम्म शेयरधनी बन्न आवश्यक देखिएको छ ।  बैंकले गत आव २०७६।७७ बाट लगानीकर्तालाई १३ प्रतिशत बोनस शेयर वितरण गर्न प्रस्ताव गरेको छ ।  यसअनुसार बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ पुस २०७७, बुधबार  १० : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।