खानेपानी संस्थानमा रोजगारीको अवसर

0
Shares

नेपाल खानेपानी संस्थानले लहान शाखा कार्यालयले करारमा कर्मचारी थप गर्ने भएको छ । कार्यालयले दुई पदमा कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको गरेको हो ।

कार्यालयमा रिक्त रहेको केमिष्ट र हेभि इक्वीपमेन्ट ड्राइभर पदमा करार सेवाबाट खुल्ला प्रतियोगिता मार्फत कर्मचारी समायोजन गरिने जनाइएको छ । लिखित तथा अन्तवार्ताको माध्यमबाट कर्मचारी पदपूर्ति गरिने जनाइएको छ । परीक्षाको तालिका मिति पछि प्रकाशन हुने जनाइएको छ ।

संस्थाले केमिष्ट पदका लागि १ जना र हेभि इक्वीपमेन्ट ड्राइभर १ जना माग गरेको हो । संस्थाका अनुसार केमिष्ट पदका लागि सम्बन्धित विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रमाण पत्र तह वा सो सरह उतिर्ण गरेको हुनुपर्ने उल्लेख छ । त्यस्तै हेभि इक्वीपमेन्ट ड्राइभरका लागि नेपाली लेखपढ गर्न सक्ने भइ हेभि इक्वीपमेन्ट ड्राइभर सवारी चालक लाइसेन्स प्राप्त हुनुपर्ने संस्थानले जनाएको छ ।

इच्छुक १८ वर्ष पूरा भइ ४० वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन सक्ने छन् । पुस २९ गतेसम्म दरखास्त दिई सक्नुपर्नेछ । आवेदकले परीक्षा दस्तुर वापतको ७०० रुपैयाँ खानेपानी संस्थान लाहानमा रहेको सानिमा बैंकको खाता नम्बरमा जम्मा भौचर वा संसथानमा रकम बुझाएको रसिद संलग्न गर्नुपर्नेछ ।

नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएको व्यक्ति भने अयोग्य हुनेछन् । बढीमा ६ महिनाका लागि करार सेवा मार्फत कर्मचारी समायोजन गर्न लागिएको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ पुस २०७७, बुधबार  १४ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।